×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित कहाँ-कहाँका हुन् ?

LAXMI SUNRISE BANK

चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित कहाँ-कहाँका हुन् ?

१२ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लाका ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नवलपुरका २१, चितवनमा १२ र कैलालीका १ जनामा कोरोना संक्रमण देखिएको हो । परीक्षण गरिएका २१४ वटा नमुनामध्ये ३४ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । साथै १८० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
संक्रमित ३४ जनामध्ये नवलपुरको कावासोती नगरपालिकामा दुई महिलासहित १४ जना र गैंडाकोट नगरपालिकामा ७ जना पुरुष छन् । यस्तै चितवन मेडिकल कलेजमा उपचाररत एक जना पुरुष पनि संक्रमित भएका छन् । कैलालीको गोदावरी–७ निवासी उनी क्यान्सर अस्पतालबाट रिफर भएर आएका थिए ।
यस्तै चितवनको माडी नगरपालिकामा १७ देखि ६३ वर्ष उमेर समूहका ९ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ । चितवनकै भरतपुर महानगरपालिका १६ का २१ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१५ की ३७ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको छ भने चितवनकै रत्ननगर नगरपालिका–४ की २७ वर्षीया एक जना महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी