×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा एकाएक बढ्यो आकस्मिक गर्भ-निरोधक चक्कीको व्यापार, ग्राहक अधिकांस विद्यार्थी, जोखिममा किशोरीहरु…

PRIME CA

धनगढीमा एकाएक बढ्यो आकस्मिक गर्भ-निरोधक चक्कीको व्यापार, ग्राहक अधिकांस विद्यार्थी, जोखिममा किशोरीहरु…

अर्थ सरोकार

११ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । धनगढी बजारमा रहेको एक फार्मेसीमा कक्षा १२ मा पढ्दै गरेका केशबसिंह बिष्ट (नाम परिवर्तन) बिहिबार विहान ७२ घण्टे औसधि किन्दै थिए । र उनले सो पसलमा उक्त औसधि किनेको त्यो पहिलोपटक थिएन । गैरजिम्मेवार तरिकाले ७२ घन्टे आकस्मिक औसधि प्रयोग गर्नेहरु बढेको बुझ्न उनी काफी उदाहरण थिए । उनले पसलमा यति धेरैपटक सो औसधि किनिसकेकी पसले दाजुले त एकपटक यस्तो औसधि पटक-पटक खान नहुने भनेर समेत सम्झाएका थिए । 
यसो त उनीमात्र सो औसधिका रेगुलर ग्राहक होइनन् । ‘भन्दा अचम्म लाग्न सक्छ, तर कतिपय किशोरीहरु नै आएर सजिलै ७२ घन्टे दिनुस् न’ भनेर माग्छन् ।’ ती व्यापारीले भने, ‘इमर्जेन्सीका बेलामात्र प्रयोग हुनुपर्ने औसधिलाई किशोरीहरुले रेगुलर प्रयोग गरेको पाइएको छ । जुन गलत छ ।’ उनका अनुसार दिनमै ५-६ वटा इमर्जेन्सी गर्भनिरोधक औसधि त मैले नै बेच्ने गरेको छु । अरु पसलहरुले पनि बेच्छन् । यो सानो ठाउँमा यो तथ्यांक निकै कहालीलाग्दो हो । कतिलाई त हामीले यो प्रयोग सकेसम्म नगर्नुहोस् भनेर सल्लाह पनि दिन्छौं ।’ यस्तै धनगढी बजारकै अर्का व्यापारीको अनुभव पनि यस्ता औसधिको विक्री बढेको भन्ने छ । ‘पहिला पहिला अस्थायी साधन (कण्डम) काे विक्री बढी गथ्र्यौं, आजभोली ७२ घन्टे अनुसधि विक्री हुन्छ । अझै लकडाउन यता त गर्भ निरोधक चक्कीको व्यापार झनै बढेको छ ।’ धनगढीका ती औषधी व्यापारीले भने ।  

कुन औसधि बढी बिक्छ ?

‘हाम्रोमा बढी इकोन बिक्छ ।’ हाम्रो प्रश्नमा जवाफ दिंदै धनगढीका एक औसधि व्यापारी भन्छन्, ‘कतिले नाम नै किटेर इकोन दिनुस् भन्छन्, कतिले ७२ घन्टे दिनुस् भन्छन्, तर हामीकहाँ इकोन बढी बिक्छ ।’ यता हामीले बुझेको दोश्रो पसलका व्यापारीले भने धेरै मात्रामा ‘अनवान्टेड’ नामक औसधि बिक्री हुने गरेको बताएका छन् । ‘भर्खरका किशोरी-किशोरहरु कति निर्धक्कसँग ‘अनवान्टेड दिनूस् न’ भनेर माग्छन् । पहिलापहिला त अचम्म पनि लाग्थ्यो, तर अहिले बानी परिसक्यो ।’ आजकल मास्क लगाउने सिष्टमले यस्ता औसधि झन् निर्धक्कका साथ किशोर-किशोरीहरु माग्न आउने उनी बताउँछन् । ‘आजकल त झन् कति सजिलो भएको छ, मास्क लगायो, मान्छे चिनिंदैन । माग्छन्, जान्छन् ।’ उनका अनुसार इकोन र अनवान्टेड बाहेक ‘म्याक्स सेभेन्टी टु’, ‘ई सेभेन्टी टु’, नाम गरेका आकस्मिक गर्भ निरोधक चक्की पनि धनगढीमा पाइने गरेको छ । 
उनका अनुसार धनगढीमा कन्डमभन्दा बढी आकस्मिक गर्भ निरोधक साधन बिक्न थालेको छ । ‘पहिला यौनका कुरा गर्न पनि लजाउने परिस्थिति थियो । महिलाहरु अस्थायी साधन र पिल्स किन्न नै आउँदैनथे, पुरुषहरु पनि निकै गाह्रो मानेर माग्न आउंथे । तर अहिले त युवतीहरु, किशोरीहरु, युवाहरु, किशोरहरु सजिलै यो औसधि माग्न आउँछन् ।’ ती पसल संचालकले भने, ‘शिक्षा र जनचेनाको प्रभाव हो वा समाज खुलेको हो, थाहा छैन, तर आजभोली किशोर-किशोरीहरु औषधि माग्न कतिपनि असहज महशुस गर्दैनन् ।’ 
विद्यार्थी मुख्य ग्राहक, कति असुरक्षित छ ७२ घन्टेको प्रयोग ?
अत्याधिक मात्रामा विक्री गर्ने धनगढीका पसल सञ्चालकहरु  गर्भनिरोधक चक्कीको ग्राहक सबैभन्दा बढी विद्यार्थीहरु हुने गरेको बताउँछन् । ‘गर्भ निरोधक चक्कीको अत्याधिक प्रयोगले कालान्तरमा असर गर्छ, तर आजभोली १८ देखी २० वर्ष उमेर समुहका किशोर किशोरीहरुले चक्कीको सेवन हाजमोला खाए जसरी नै गर्ने गर्दछन्’, धनगढी क्याम्पस रोडका एक औषधि पसल सञ्चालक भन्छन्, ‘अधिकांस ग्राहक विद्यार्थी छन्, तर पनि हामी औसधि बेच्न बसेकाले नलैजानु भन्ने कुरा भएन । हामीले नदिए, अरुले दिन्छन् ।’
यद्यपी चिकित्सकहरु भने यस्तो औसधि सकेसम्म प्रयोग नगर्न सल्लाह दिन्छन् । डाक्टरहरुका अनुसार यस्ता आकस्मिक गर्भ निरोधक चक्कीको अत्याधिक सेवनका कारण शरिरमा थुप्रै समस्या देखिन सक्छन् । महिनावारीका समयमा अत्याधिक पेट दुख्ने, महिनावारी गडबड हुने, अत्याधिक रगत बग्ने लगाएतका समस्या देखिन सक्छन् । गर्भनिरोधक चक्की तत्कालका लागि ठिक भएपनि दिर्घकालमा यसका थुप्रै साइड इफेक्टहरू देखिने डाक्टरहरुको भनाइ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: