×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोना संक्रमितको संख्या चार लाख ७३ हजार नाघ्यो, एकैदिन थपिए करिब १७ हजार नयाँ संक्रमित

LAXMI SUNRISE BANK

भारतमा कोरोना संक्रमितको संख्या चार लाख ७३ हजार नाघ्यो, एकैदिन थपिए करिब १७ हजार नयाँ संक्रमित

११ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या चार लाख ७३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १६ हजार ९२२ नयाँ संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या चार लाख ७३ हजार १०५ पुगेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १४ हजार ८९४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४१८ जनाको मृत्यु भएको हो ।
भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ४२ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने ६ हजार ७३९ जनाको मृत्यु भइसको छ ।
दिल्लीमा ७० हजारभन्दा संक्रमित भेटिँदा दुई हजार ३६५ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ६७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने ८६६ जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेशमा १९ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ५९६ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि १५ हजारभन्दा धेरै संक्रमित भेटिँदा ५९१ जनाको मृत्यु भएको छ ।
बिहारमा अहिलेसम्म आठ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ५७ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका दुई लाख ७१ हजार ६९७ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी