Skip to content
LAXMI SUNRISE BANK

नुवाकोटको तारकेश्वर गाउँपालिकाको सभामा कांग्रेस नेताले टिभी त्रिशुलीका पत्रकार कुटे, मनपरी बोलेर क्यामरा फुटाइदिए…

अर्थ सरोकार

नुवाकोट । नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको गाउँसभामा टिभी त्रिशुलीका पत्रकारमाथि हातपात भएको छ । कांग्रेसका नेताहरूले गाउँसभामा अबरोध गरिरहेको समाचार संकलन गरिरहेका पत्रकार सुजित भण्डारी माथि कुटपिट भएको हो । उनको क्यामरा पनि कांग्रेस नेताले फुटाइदिएका छन् ।
नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालका अनुसार तारकेश्वर गाउँपालिका वडा नम्बर १, ३ र ६ का अध्यक्षले पत्रकार भण्डारीमाथि हातपात गर्दै क्यामरा फुटाइदिएको जानकारी दिएका छन्। उनीहरू तीनै जना नेपाली कांग्रेसबाट निर्वािचत वडा अध्यक्ष हुन ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK