×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्मकै धेरैलाई कोरोना पुष्टि, एकैदिन २७२ जना संक्रमित फेला

PRIME CA

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्मकै धेरैलाई कोरोना पुष्टि, एकैदिन २७२ जना संक्रमित फेला

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

धनगढी

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । बुधबार सुदूरपश्चिम प्रदेशमा अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिममा आज मात्रै २७२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका ८५ जना, कैलालीमा ४८ जना, डोटीमा ४८ जना, अछामका १० जना, बाजुराका ७ जना, र बैतडीका ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
साथै विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट अछामका १४ जनामा  कोरोना पुष्टि भएको छ । यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १५४९ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: