×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसइई मूल्याङ्कनसम्बन्धी कार्यविधि सार्वजनिक, विद्यालयले असार २० भित्र प्राप्ताङ्क पठाउनुपर्ने

LAXMI SUNRISE BANK

एसइई मूल्याङ्कनसम्बन्धी कार्यविधि सार्वजनिक, विद्यालयले असार २० भित्र प्राप्ताङ्क पठाउनुपर्ने

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले लामो समयको अन्योलपछि हालै स्थगित गरिएको एसइई परीक्षाको अन्तिम मूल्याङ्कनसम्बन्धी निर्देशिका सार्वजनिक गरेको छ । सरकारले मूल्याङ्कनसम्बन्धी निर्देशिका जारी गरेसँगै विद्यालयहरुलाई विद्यार्थीहरुको अन्तिम मूल्यांकन पठाउन समेत निर्देशन दिएको छ । राष्ट्रिय परिक्षा बोर्डले कोरोना भाइरसको महामारीका कारण एसइई दिन नपाएका विद्यार्थीको अन्तिम मूल्यांकन बुझाउन निर्देशन दिएको हो । 
जेठ २८ गतेको मन्त्रिपरिषदको बैठकले विद्यालयको अन्तिम मूल्यांकनको आधारमा नतिजा निकाल्ने निर्णय गरेको थियो । सोही अनुसार अन्तिम मूल्याङ्कन विवरण सम्बन्धित विद्यालयहरूले शिक्षा विकास तथा समन्वय एकाइमा पठाउन निर्देशन दिइएको हो । विद्यालयले पठाएको मूल्याङ्कन विवरण सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र बोर्डले आवश्यक कार्यविधि निर्माण गरी परीक्षाफल तयार गर्ने, प्रमाणीकरण गर्ने र प्रमाणपत्र जारी गर्ने बताइएको छ । 
विद्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७, राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट डाउनलोड गरी गर्न सक्ने बताइएको छ । विद्यालयहरूले अनिवार्य रुपमा माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को अनुसूची २ मा भएको समस्टिगत फाराममात्र प्रयोग गरी अन्तिम मूल्यांकन विवरण तयार गर्नु पर्ने बताइएको छ ।
प्राप्ताङ्क राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइटबाट आ–आफ्नो विद्यालयका कोड राखी डाउनलोड गरेको एक्सेल फम्र्याटमा विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क क्रमशः इन्ट्री गरी मूल्यांकन समितिद्वारा तयार गरेको प्रमाणित प्राप्ताङ्क तालिका २० असारभित्र अनिवार्य रुपमा शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनु पर्नेछ । आवेदन फाराममा भएको विवरण सिम्बल नम्बर, नाम धर, जन्म मिति तथा ऐच्छिक विषय फरक परी सच्याउनु परेमा शिक्षा विकास तथा समन्वय एकाइ मार्फत परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्नुपर्ने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी