
- अर्थ सरोकार सम्बाददाता
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७७-०७८ का लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँ बराबरको क्षेत्रगत बजेट प्रस्तुत गरेको छ । नगर सभामा उपमहानगरका उपप्रमुख मीनाकुमारी लामाले अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा भएको सभामा उपमहानगरले ढल व्यवस्थापन, सरसफाई, विपद व्यवस्थापनका लागि ४ करोड, ७१ लाख रुपैयाँ, संस्थागत सेवा र सुशासनका लागि ३ करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । उपमहानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ २३ करोड १४ लाख रुपैयाँ खर्चको अनुमान गरेको छ ।
बजेटमा कृषि प्रवद्र्धनका लागि २ करोड रकम विनियोजन गरेको छ । संक्रमण रोग रोकथाम नियन्त्रण र उपचार अन्तर्गत उपमहानगरका नगरवासी कोरोना संक्रमणबाट मृत्यु भएमा उनको परिवारलाई राहत स्वरुप ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । हेटौंडा उपमहानगरपालिकाको सातौं नगर सभालाई मुख्यमन्त्रि पौडेलले प्रस्तुत बजेट समग्रमा सन्तोषजनक रहेको बताउनु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्