×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा रिपोर्ट नआउँदै घर पठाइएका ५८ संक्रमितको टुंगो लागेन, गाउँभरि त्रास, लम्किचुहा नगरपालिका सिलबन्दी गर्ने तयारी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कैलालीमा रिपोर्ट नआउँदै घर पठाइएका ५८ संक्रमितको टुंगो लागेन, गाउँभरि त्रास, लम्किचुहा नगरपालिका सिलबन्दी गर्ने तयारी !

Artha Sarokar

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थसरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको ४८ घण्टा बितिसक्दापनि उनिहरुको  व्यवस्थापनमा अझै टुंगो लागेको छैन । जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर १ को लम्कि बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टिनबाट घर गएका उनिहरुको व्यवस्थापन हुन नसकेको लम्किचुहा नगरपालिकाकी उपमेयर टिका थापाले स्विकार गर्नुभयो ।
   
उपमेयर थापाले उनिहरुलाई घर नपठाएको तर आफै जबरजस्ती क्वारेन्टिन छाडेको बताउनुभयो । “व्यवस्थापन गरेकै हौँ, आवश्यकता अनुसार सबै कुराको बन्दोबस्ता मिलाएकै थियौँ, झगडा गर्दै अटेरी गरेरै उनिहरु गएका हुन्”, थापाले भन्नुभयो । 
“कोरोना संक्रमण पुष्टि भएका ५८ जनामाध्ये ६-७ जनालाई मात्र सम्पर्कमा ल्याएका छौँ अन्यको भने अझै टुंगो लागेको छैन । निर्वाद रुपमा गाउँमा घुमेको भन्ने खबर पाएका छौँ । गाउँ नै पुरै संक्रमणको उच्च जोखिममा रहेका बेला अब सुरक्षालाई मध्यनजर गर्दै सिल गर्ने तयारीमा जुटेका छौँ”, थापाले भन्नुभयो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी