×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा अहिलेसम्मकै ठुलो संख्यामा थपिए संक्रमित, यस्तो छ भारतको मन्त्रालयले दिएको जानकारी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भारतमा अहिलेसम्मकै ठुलो संख्यामा थपिए संक्रमित, यस्तो छ भारतको मन्त्रालयले दिएको जानकारी !

Artha Sarokar

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । भारतमा अहिलेसम्मकै ठुलो संख्यामा संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकैदिन झण्डै १६ हजार जना सङ्क्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना कोरोनाबाट सङ्क्रमित भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 
सोही अवधिमा भारतमा कोरोनाका कारण ४५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृतकको संख्या १४ हजार ४७६ पुगेको छ भने सङ्क्रमितको संख्या चार लाख ५६ हजार १८३ पुगेको छ । भारतमा अहिले पनि कोरोनाबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या एक लाख ८३ हजार २२ रहेको छ । 
यस्तै भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सङ्क्रमणमुक्त भएकाहरुको संख्या दुई लाख ५८ हजार ६८५ पुगेको जनाएको छ । बढी प्रभावित महाराष्ट्रमा अहिलेसम्म एक लाख ३९ हजार १० जना सङ्क्रमित भएको तथ्याङ्क छ । जसमध्ये ६२ हजार ८४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ६९ हजार ६३१ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी