Skip to content
LAXMI SUNRISE BANK

नेपालमा थप ११ जना निको भए, धौलागिरी अञ्चल अस्पतालले गर्यो डिस्चार्ज !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । बागलुङका थप ११ जनाले कोरोना जितेका छन् । आइतबार गरिएको पिसि आर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु धौलागिरी अञ्चल अस्पतालबाट डिस्चार्ज भएका हुन् । गल्कोट नगरपालिकाका २३ वर्षीय एक पुरुष, निसीखोला गाउँपालिकाका २९ र २२ वर्षीय दुई जना पुरुष र ताराखोला गाउँपालिकाका ३९ वर्षीय एक पुरुष निको भएर घर फर्किएका हुन् ।
यस्तै बडीगाड गाउँपालिकाका दुई जना २५ वर्षीय पुरुष, ३९, ३२ र २२ वर्षीय तीन जना पुरुष, बरेङ गाउँपालिकाका १८ र २३ वर्षीय २ जना पुरुष निको भई घर फर्किएको अस्पतालले जनाएको छ । बागलुङमा कोरोना संक्रमितको संख्या १ सय २५ पुगेको छ । जसमध्ये १७ जना डिस्चार्ज भइसकेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK