×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निजी विद्यालयलाई शिक्षा मन्त्रालयले भन्यो – ‘विद्यालय बन्द रहेका बेलाको शुल्क नलिनू’

LAXMI SUNRISE BANK

निजी विद्यालयलाई शिक्षा मन्त्रालयले भन्यो – ‘विद्यालय बन्द रहेका बेलाको शुल्क नलिनू’

९ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजि विद्यालयहरुलाई विद्यालय बन्द रहेको बेला अर्थात् लकडाउनका बेलाको शुल्क नलिन आग्रह गरेको छ । गत आइतबार प्याब्सन र नेशनल प्याब्सनले संयुक्त रूपमा लकडाउनका बेलाको पनि शुल्क बुझाउन भन्दै सूचना जारी गरेपछी मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति निकाल्दै प्याब्सन र नेशनल प्याब्सनको अपिलमाथि शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।  गत चैत ११ गतेदेखि लकडाउन भएता पनि चैत्र ६  गतेबाट विद्यालयहरू बन्द छन् । मन्त्रालयले अहिले स्कुल, कलेज, ट्युसन सेन्टरलगायत खोल्ने कुनै निर्णय नभएको बताएको छ ।
यता निजि विद्यालयहरुले भने लकडाउनको अवधिमा पनि वैकल्पिक व्यवस्थामार्फत् पठनपाठन गरिएको दाबी गर्दै शुल्क तिरिदिन अपिल गरेका थिए ।

हेर्नुहोस् मन्त्रालयले जारी गरेको विज्ञप्ती :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी