
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरसका १५ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४१३ संक्रमित फेला परेसँगै संक्रमित हुनेको संख्या पनि चार लाख १० हजार ४६१ पुगेको छ । त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १३ हजार २५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३०६ जनाको मृत्यु भएको हो ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख २८ हजार २०५ संक्रमित फेला परेका छन् भने पाँच हजार ९८४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ५६ हजार ८४५ संक्रमित फेला परेका छन् भने ७०४ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ५६ हजार ७४६ संक्रमित भेटिँदा दुई हजार ११२ को मृत्यु भइसकेको छ । गुजरातमा २६ हजार ६८० संक्रमित फेला परिसकेका छन् भने एक हजार ६३८ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १६ हजार ५९४ संक्रमित फेला परेका छन् भने ५०७ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा १३ हजार ५३१ संक्रमित भेटिएका छन् भने ५४० जनाको मृत्यु भइसकेको छ । बिहारमा सात हजार ५३३ संक्रमित फेला परेका छन् भने ५२ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा दुई लाख २७ हजार ७५६ डिस्चार्ज वा निको भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्