×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीन पनि भारतभन्दा कम कहाँ छ र ? नेपालसहित २३ देशहरुसँग छ सीमा विवाद (विवरणसहित)

LAXMI SUNRISE BANK

चीन पनि भारतभन्दा कम कहाँ छ र ? नेपालसहित २३ देशहरुसँग छ सीमा विवाद (विवरणसहित)

६ असार २०७७, शनिबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । कालापानीमा भारत र नेपालको सीमा विवादका कारण सारा नेपालीहरू क्रोधित छन् । तर चीन पनि भारतभन्दा कम नभएको तथ्य धेरैलाई थाहा नहुन सक्छ । भारतले जस्तै चीनको पनि नेपाललगायत सबै छिमेकीहरूसँग सिमा बिवाद छ । हालैमात्र चीनले नेपालको सगरमाथामानै आफ्नो दाबी गरेको छ । त्यस्तै भर्खरै चीनले भारतलाई गल्बान उपत्यकामा निशाना बनाएको छ। 
यसैगरी चीनको सिमा बिबाद नेपाल र भारतबाहेक २३ अन्य देशहरूसँग पनि रहेको छ । चीन विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको र क्षेत्रफलका आधारमा तेस्रो ठुलो मुलुक हो । चीनले आफ्नो देशको सिमा २३ देशहरु जोडिएको दाबी गर्दछ र सबैसँग उसको सिमा बिबाद छ । चीनको अफगानिस्तानसँग धेरै पुरानो सिमा बिबाद छ । सन् १९६३ मा सिमा सम्झौता भएता पनि चीनले अफगानिस्तानको ठूलो हिस्सा कब्जा गरेको छ । चीनले समय-समयमा यहाँ आफ्नो उपस्थिति देखाउँछ । 
बर्मा-चीन सीमा विवाद पनि लामो समयदेखि चलिरहेको छ । बर्मा युआन वंशको समयमा १२७१-१३६८ को बीचमा चीनको हिस्सा थियो । सोही आधारमा चीनले बर्माको ठूलो क्षेत्रमा अहिले पनि आफ्नो दावी गर्छ । चीनले भूटानको पनि ठूलो हिस्सामाथि दावी गर्दै सडकहरू निर्माण गर्दैछ । यति मात्र होइन, उसले यहाँको अन्तर्राष्ट्रिय सीमामा बन्कर पनि निर्माण गरेको छ । उसले निरन्तर यस क्षेत्रलाई आफ्नै भनेर वर्णन गर्दछ ।
दक्षिण चीन सागरमा केही तटीय टापुहरू ब्रुनेईले ओगटेको छ । यद्यपि चीनले ती आफ्नो क्षेत्र मात्र रहेको दाबी गर्दैछ । कुनै बेला मिङग राजवंशको बिस्तार कम्बोडियासम्म भएको थियो । यस आधारमा चीनले गाहे-बग कम्बोडियामा अहिले पनि आफ्नो अधिकार रहेको भन्छ । इन्डोनेसियाको दक्षिण चीन सागरको केही क्षेत्रमा अधिकार छ । तर चीनले ती सम्पूर्ण क्षेत्रलाई आफ्नो भन्छ ।
किर्गिजस्तानको पनि ठूलो हिस्सामा उसको भएको चीनले दावी गरेको छ । यसको साथसाथै चीनको कजाकिस्तानसँग पनि सीमा विवाद छ । यद्यपि दुई देशका बीच हालसालै सम्झौता भएको पनि छ । पाकिस्तानसँग पनि चीनको हजारौं वर्गमीटर जग्गामा बिबाद छ । जसरी चीनले आर्थिक कोरिडोर निर्माण गर्दैछ, आउँदा समयमा यसबाट पाकिस्तानलाई सबैभन्दा ठूलो क्षति पुग्छ । यदि चीन आफ्नो चालमा सफल भयो भने पाकिस्तानको ठूलो हिस्सा चीनको अधीनमा रहनेछ ।
यी सबै बाहेक, चीनले रूसको १६०० वर्ग किलोमिटरलाई आफ्नो रहेको दाबी गरेको छ । दुई देशबीच थुप्रै सम्झौताहरु भएका छन् तर अहिलेसम्म कुनै परिणाम आएको छैन । ताइवानलाई चिनले आफ्नो हिस्सा मान्छ । यद्यपि ताइवानले आफुलाई स्वतन्त्र मान्छ । सिंगापुरसँग पनि चीनको दक्षिण चीन सागरमा बिबाद छ । सिंगापुरले यहाँ माछा मार्दा चीनले धेरैपटक आपत्ति जनाएको छ । दक्षिण कोरियाको पनि पूर्वी चीन सागरमा चीन धेरै क्षेत्रहरू कब्जा गरेको छ । खासमा चीनले विभिन्न कालखण्डमा गरेको राज्य बिस्तारको इतिहासको आधारमा अहिलेपनि दक्षिण चीन सागरको सम्पुर्ण क्षेत्रमाथि आफ्नो दाबी बताउदै आएको छ । त्यसकारण चीनको सबै छिमेकीहरूसँग सिमा बिबाद हुँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी