- अर्थ सरोकार सम्बाददाता
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या छ पुगेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ निवासी २१ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसंगै यो संख्या ६ पुगेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती युवकको पोजेटिभ रिपोर्ट आएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए । सङ्क्रमितको स्वास्थ्य सामान्य रहेको बताइएको छ । जिल्लामा पहिलोपटक कोरोनाबाट बाह्रविसे नगरपालिका–९ रामचे निवासी २९ वर्षीया सुत्केरीको मुत्यु भएको थियो । जिल्लामा हाल ८५ क्वारेन्टिन र पाँच आइसोलेसनमा रहेको छ ।