
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालबाट ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । आइसोलेसनमा बसेको १४ दिन पूरा भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
गण्डक कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहका अनुसार डिस्चार्ज हुनेमा पर्साको सिर्सिया बस्ने १५ वर्षीया किशोरी र राैतहटको राजदेवी नगरपालिका–१ पथराकी ३६ वर्षीया महिला छन् । यस्तै पर्साको कालिकामाई गाउँपालिका–२ का १६, ३०, ४०, र ४५ वर्षीय चार जना पुरुष र पर्साकै ३३ र २५ वर्षीय दुई जना पुरुष डिस्चार्ज भएका छन् ।
रौतहटकी महिलामा जेठ २२ गते र अरुमा जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको कोरोना संक्रमण पुष्टि भएको १० दिनमा गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । सरकारको नयाँ गाइडलाइनले १४ दिन आइसोलेसनमा राखेर घर पठाउन सकिने व्यवस्था गरेको छ । उनीहरुलाई १४ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको डा. सिंहले जानकारी दिए । ‘आइसोलेसनमा राखेको १४ दिनपछि डिस्चार्ज गर्नुपर्ने व्यवस्था छ । १० दिनमा गराएको एउटा पीसीआर रिपोर्ट नेगेटिभ नै आएको थियो,’ डा. सिंहले भने, ‘घरमा पनि १४ दिनसम्म परिवारका अन्य सदस्यसँग घुलमिल नगर्न भनेका छौं ।’
गण्डक कोभिड अस्पताललमा हालसम्म १०३ जना संक्रमित भर्ना गरिएकोमा ६१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्