
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, गोर्खा, पर्वत र मनाङ जिल्लामा गरी आज थप ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले एक विज्ञप्ति जारी गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीमा १८, तनहुँमा १२, गोर्खामा ११, पर्वतमा पाँच र मनाङमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको हो ।
मनाङमा पहिलोपटक सङ्क्रमण देखिएको छ । कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा. विनोदविन्दु शर्माले बताए । यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिकाका २१, ३५, ३२, १८, ३२, ४५, ३४, ४३, २५, १९, २०, १७, ४०, ३० र ३९ वर्षका १५ जना तथा उमेर नखुलेको दुई जना पुरुष र गैँडाकोट नगरपालिकाका २८ वर्षीय पुरुषको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको छ ।
तनहुँमा ऋषिङ गाउँपालिकामा ४०, ३१, २०, २३, २४, २७ र २१ वर्षका पुरुष, शुक्लागण्डकी नगरपालिकाका २१ वर्षका पुरुष तथा भानु नगरपालिकाका २२, ४२, ४० र ५२ वर्षका पुरुष छन् । गोर्खामा पालुङटार नगरपालिकाका वर्ष ४६, ४५, ४३, २८, २३ र ४१ वर्षका पुरुष, ४० वर्षीया एक महिला तथा शहीद लखन गाउँपालिकाका ५४, ३१, ३८ र २७ वर्षका पुरुषमा सङ्क्रमण पुष्टी भएको हो । पर्वतको कुश्मा नगरपालिका स्थायी ठेगना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४२ एक पुरुष र वर्ष २० का एक जना महिला, मोदी गाउँपालिका वर्ष ३० का एक पुरुष तथा फलेबास नगरपालिका घर भई कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका वर्ष ३० र ३७ का दुई पुरुषमा सङ्क्रमण देखिएको हो ।
गण्डकी प्रदेशमा हालसम्म २९४ जना कोरोना सङ्क्रमित पुगेका छन् । प्रदेशको मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । स्याङ्जामा ६४, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ८४, बागलुङमा ४१, पर्वतमा ३४, गोर्खामा ३६, तनहुँमा २३, कास्कीमा सात, म्याग्दीमा तीन र लमजुङ र मनाङमा एकरजना सङ्क्रमित छन् । कूल सङ्क्रमित मध्यमा १५ जना महिला छन् । सङ्क्रमितमध्ये २२ जना विभिन्न अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्