×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल ट्रष्टको कार्यालयले भन्यो – ‘काठमाडौँ प्लाजा खाली गरी ट्रष्टको कार्यालयलाई बुझाउनु’ (सूचनासहित)

LAXMI SUNRISE BANK

नेपाल ट्रष्टको कार्यालयले भन्यो – ‘काठमाडौँ प्लाजा खाली गरी ट्रष्टको कार्यालयलाई बुझाउनु’ (सूचनासहित)

३ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल ट्रष्टको कार्यालयले कमलादीमा रहेको काठमाडौँ प्लाजा खाली गर्न निर्देशन दिएको छ । नेपाल ट्रष्टको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै उक्त प्लाजा खाली गर्न निर्देशन दिएको हो । 
नेपाल ट्रष्टको कार्यालयद्वारा जारी सूचनामा ‘नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपरबीच भएको सम्झौता असार २ गते सकिएकाले सो भवन पूर्णरुपमा खाली गरी नेपाल ट्रष्टको कार्यालयलाई हस्तान्तरण गर्न’ भनिएको छ ।

उक्त दुई पक्षबीच २०६६ पुष २३ गते अद्यावधिक सम्झौता भएको थियो । पहिलो पटक २०५० असार ३ गते २७ वर्षका लागि करारनामा भएको थियो । असार २ गते करारनामा भएको २७ वर्ष पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी