×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१६ कम्पनीले ४ अर्ब ३० करोडको आईपीओ निष्कासन गर्दै, हेर्नुहोस् कुन कम्पनीको कति कित्ता ?

LAXMI SUNRISE BANK

१६ कम्पनीले ४ अर्ब ३० करोडको आईपीओ निष्कासन गर्दै, हेर्नुहोस् कुन कम्पनीको कति कित्ता ?

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – विभिन्न क्षेत्रका १६ वटा कम्पनीले ४ अर्ब ३० करोडको आइपिओ निष्कासन गर्ने भएको छ । उक्त कम्पनीले आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । १६ कम्पनीहरुमा १० वटा हाइड्रोपावर कम्पनी रहेका छन् भने बाँकी इमर्जिङ नेपाल, अजोड इन्स्योरेन्स, समाज लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था र सीआईबीएल क्यापिटल हुन् । 
सबैभन्दा बढी १ अर्ब ५० करोड मुल्य बराबरको सेयर निष्कासनका लागि मध्यभोटोकोशी जलविद्युत आयोजनाले आवदेन दिएको छ । त्यसपछि माउण्टेन इन्जिनियरीङले ३९ करोड ३६ लाख बराबरको शेयर निष्कासन गर्न लागेको छ ।
त्यस्तै ग्रिनलाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख बरारबको शेयर निष्कासनका लागि आवेदन दिएको छ । सानिमा क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रवद्र्धक तोकेको विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्टले २५ करोड र जनता क्यापिटललाई बिक्री प्रवन्धक तोक्दै हिमालयन हाइड्रोपावरले २२ करोड ५० लाखको शेयर निष्कासन गर्न लागेको हो ।
अन्यमा, निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल तोकेको आईएमई ग्रुपअन्तर्गतको चन्द्रागिरी हिल्स्ले १८ करोड ४० लाख मूल्य बराबरको साधारण शेयर निष्कासन गर्न लागेको छ । ५ करोड ८० लाख ५८ हजार मूल्य बराबरको ५ लाख ८० हजार ५ सय ८० कित्ता शेयर निष्काशन गर्न लागेको शुभम्म पावरलाई बोर्डले अपुग डकुमेण्ट पडठाउन लाएको छ । शुभम्मसँगै ५ करोड शेयर निष्कासन गर्न लागेको इमर्जिङ नेपाललाई पनि अपुग डकुमेण्टको माग बोर्डले गरको छ ।
त्यस्तै सीईडीबी हाइड्रोपावरले २५ करोड १८ लाख २३ हजार, तेह्रथुम पावर हाउस १२ करोड र अजोड इन्स्योरेन्सले ३ करोडको शेयर निष्कासन गर्न लागेको छ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट, मध्य भोटकोशी र अजोड इन्स्योरेन्सबाट पनि अपुग डकुमेण्टको माग धितोपत्र बोर्डले गरेको छ । मैलुङखोला जल विद्युत आयोजनाको ७३ करोड मूल्य बराबरको सेयर निष्कासनका कम्पनीले पठाएको डकुमेण्टमा जवाफ खोजिएको छ । 
बोर्डले आठ वटा कम्पनीको निष्कासन प्रकृया अघि बढाउँदै अपुग डकुमेण्टको माग गरेको हो ।अन्य कम्पनीम समाज लघुवित्त वित्तीय संस्थाको र साधना लघुवित्त रहेका छन् । समाजले ८६ लाख र साधनाले ७० करोड मुुल्य बरारबरको सेयर माग निष्कासन माग गरेको हो ।सीबीआईएल क्यापिटलले ३० करोड शेयर निष्कासनका लागि पुनः समिक्षा भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी