
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वाणिज्य बैंकहरुले गत चैत्रसम्म ३० खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरुमा चैत्र ३० गतेसम्म उक्त रकम जम्मा भएको हो । जेठ ३० सम्ममा आउँदा यो रकम बढेर ३१ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ ।
कोरोना भाइरसका कारण देश लकडाउनमा रहेका बेलामा पनि बैंक अत्यावश्यक सेवा भित्र परेका कारण शाखाहरु आलोपालो खुलेकाले जेठ ३० सम्ममा ३१ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको हो । जुन दुई महिनाको अवधिमा बैंकमा ९१ अर्ब रुपैयाँ निक्षेप बढेको हो ।
यता कोरोनकै कारण उक्त अवधिमा बैंकहरुले कर्जा लगानी भने गर्न सकेका छैनन् । चैत ३० सम्म बैंकहरुले २७ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । दुई महिनाको अन्तराल अर्थात् जेठ ३० सम्ममा २७ खर्ब १५ अर्ब रुपैयाँमा झरेको छ । सरकारले आज (सोमबार)देखि लकडाउनलाइ अझै खुकुलो बनाएको छ । लकडाउन खुकुलो भएपछि कर्जा प्रवाह बढ्ने बैंकरहरुले अनुमान गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्