×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५% बोनसमा मूल्य समायोजनपछि साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNRISE BANK

१५% बोनसमा मूल्य समायोजनपछि साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता २२१ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।
यस कम्पनीले प्रस्तावित उक्त बोनस शेयर पारित गर्न असार १२ गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा साविक पूर्णिमा विकास बैंक र साविक भार्गव विकास बैंकलाई प्राप्ती गरेको यस बैंकले प्राप्ती पश्चात कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावसहित शेयर संरचना परिवर्तन गरी संस्थापकतर्फ ५७.५२% र सर्वसाधारण तर्फ ४२.७८% कायम गर्ने गरी प्रबन्धपत्र संशोधनको प्रस्ताव समेत सभाका लागि तय भएको छ ।
फेरी पनि अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती गर्ने विषयलाई प्राथमिकतामा राखी बैंकले आवश्यक सम्पूर्ण कामको जिमेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभामार्फत गराउनेछ । हाल यस बैंकको चुक्तापूँजी २ अर्ब ६२ करोड २९ लाख ४ हजार रुपैयाँ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी