Skip to content
LAXMI SUNRISE BANK

ओमानबाट १६६ नेपाली स्वदेश फर्किँदै, होम क्वारेन्टाइनमा पठाइने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ओमानबाट सोमबार (आज) १६६ जना नेपाली स्वदेश फर्किँदैछन् । ओमानस्थित नेपाली दूतावासले यसका लागि ओमानको सलाम एयरको विमान चार्टर गरेको छ ।
आज फर्किनेहरुको साथमा पीसीआर नेगेटिभ आएको रिपोर्ट छ । उनीहरु सीधै होम क्वारेन्टाइनमा पठाइने छ । सो विमानले एक जना मृत नेपालीको शब पनि ल्याउनेछ । दूतावासले १८० जना नेपाली फर्किने गरी दोस्रो उडान असार ४ गते तय गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK