×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाविरुद्धको पहिलो लडाईं जितेको फ्रान्सका राष्ट्रपतिको दाबी, सबै प्रकारका प्रतिबन्ध हटाइने

LAXMI SUNRISE BANK

कोरोनाविरुद्धको पहिलो लडाईं जितेको फ्रान्सका राष्ट्रपतिको दाबी, सबै प्रकारका प्रतिबन्ध हटाइने

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले फ्रान्सले कोरोनाविरुद्धको पहिलो लडाईं जितेको र अब विभिन्न प्रकारको प्रतिबन्ध हटाइने जानकारी दिएका छन् ।
कोरोना महामारी सुरु भएदेखि आइतबार उनले देशको नाममा चौथो सम्बोधन गरे । उक्त सम्बोधनमा उनले तीन महिना लामो लकडाउन पछि अब देशको अर्थव्यवस्थालाई यथास्थानमा ल्याउने बेला भएको बताए ।
उनले सोमबारदेखि फ्रान्सले युरोपेली संघको शेन्जेन जोनमा समावेश छिमेकी मुलुकका लागि आफ्नो सीमा खोल्ने जानकारी दिएका छन् ।
पेरिसमा बार र रेष्टुरेन्ट खोल्ने अनुमति दिइनेछ । जून २२ तारिखदेखि अनिवार्य रुपमा स्कूल खोलिनेछन् र यसका लागि स्कूलले उचित तयारी गर्नुपर्नेछ ।
म्याक्रोंले भने, ‘हामी साधारण जीवनयापन सुचारु गर्ने विषयमा मानिसहरुले आशा गर्न सक्नेछन् । तर हामीले याद गर्नुपर्ने कुरा के छ भने भाइरस पूर्ण रुपमा समाप्त भएको छैन । हामीले लामो समयसम्म भाइरससँगै बाँच्न सिक्नुपर्छ र सामाजिक दुरीको नियम पालना गर्नुपर्छ ।’
‘यो वर्षको गर्मी अन्य वर्षको भन्दा भिन्न हुनेछ र यदि भाइरस पहिलेभन्दा शक्तिशाली भएर निस्किए हामीले त्यसका लागि पनि तयार हुनुपर्छ । यो महामारीविरुद्ध हाम्रो युद्ध समाप्त भएको छैन तर मलाई खुसी छ कि यसविरुद्धको पहिलो युद्ध हामीले जितेका छौं ।’ -एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी