×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य, बाहिरीलाई के छ व्यवस्था ?

LAXMI SUNRISE BANK

अब उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य, बाहिरीलाई के छ व्यवस्था ?

३२ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न काठमाडौँ प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार काठमाडौँ आउने व्यक्तिले त्यसरी स्थानीय तहको अनुमति लिएर आफू रहेको प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । उक्त अनुमति प्राप्तसहित निवेदन परेपछि सो विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले काठमाडौँ प्रशासनमा पठाउनु पर्नेछ । 
उक्त निवेदनमाथि काठमाडौँ प्रशासनले सङ्क्रमणको जोखिम विष्लेषण र यात्रा औचित्यलाई पुष्टि हुने कागजातको समेत विचार गरी सवारी पास जारी गर्न सहमति प्रदान गरेपछि मात्रै सम्बन्धित कार्यालयले पास उपलब्ध गराउने छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गरी जेठ २८ को मन्त्रिपरिषद्को निर्णय तथा गृह मन्त्रालयको जेठ ३० को निर्देशनबमोजिम उक्त व्यवस्था गरिएको जनाएको छ । काठमाडौँबाट बाहिर जानका लागि व्यक्तिगत अत्यावश्यक कार्यका लागि भए प्रयोजन खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिनुपर्नेछ । सरकारी तथा संस्थागत कामका लागि भए सम्बन्धित कार्यालयको सिफारिस पत्रसहित निवेदन दिनुपर्ने सूचनामा जनाइएको छ । 
काठमाडौँ जिल्लाभित्र जोर–बिजोर प्रणाली लागू भएकाले सवारी पास भने हाललाई बन्द गरिएको छ ।-रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी