×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टी, सक्रिय संक्रमित कति ?

LAXMI SUNRISE BANK

सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टी, सक्रिय संक्रमित कति ?

३२ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली
  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदूरपश्चिम प्रदेश एकैदिन ६४ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा ६४ जना कोरोना संक्रमित थपिएसंगै सक्रिय संक्रमितको संख्या २ सय २४ पुगेको हो । 
शनिबार सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणबाट थप ६४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यसअघि नै २६ जना संक्रमित निको भइ घर गइसकेका छन भने २ जना संक्रमितको मृत्यु भइसकेको छ ।
पुष्टिभएका मध्ये बझाङ्गको ८ बर्षिय बालकसहित ४ जना, खप्तडको १ जना, डडेल्धुराको २४ जना, डोटीको ३ जना, कैलालीको ५ जना, धनगढीको ४ जना, लम्कीको २ जना र कञ्चनपुरको १७ जना रहेको छ ।  
प्रदेशमा हाल सम्म हाल सम्म १०५६४ जनाको स्वाब नमुना संकलन गरिएको र ८६७८ जनाको जाँच गरिएको मध्ये ८४२६ मा नगेटिभ रिपोट आएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिए । १८३६ जनाको रिपोट आउन बाँकी छ भने पोजिटिभ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी