×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असार १ देखि विद्यार्थीका लागि वैकल्पिक कक्षा, रेडियो र टिभीबाट पढाइ हुने

LAXMI SUNRISE BANK

असार १ देखि विद्यार्थीका लागि वैकल्पिक कक्षा, रेडियो र टिभीबाट पढाइ हुने

३२ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले असार १ गतेदेखि विद्यार्थीहरुलाई रेडियो र टिभीबाट पढाउन सुरु गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्नेछ । देशभरका ६० लाख विद्यार्थीले वैकल्पिक विधिबाट पढ्ने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यपुस्तक र पाठ्यक्रममा आधारित भएर उत्पादन गरेको श्रव्यदृश्य भोलि असार १ गतेबाट पढाउने भएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाका अनुसार ‘टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ भोलिदेखि सुरु हुने भएकाले रुटिन निकालिएको बताए । उनका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ ।
विद्यार्थीहरुलाई पढाउन स्थानीय तहरुले स्थानीय एफएमको पनि प्रयोग गरिरहेको उनले बताए । रेडियो नेपाल र थुप्रै एफएमबाट पनि पढाउने व्यवस्था मिलाइएको डा. थपलियाले बताए । ‘कक्षा ६ देखि ८ सम्मलाई टार्गेट गरेर कान्तिपुर एफएमले पनि भोलिबाट हप्ताको पाँच विषयगत पाठ पढाउन सुरु गर्दैछ, रेडियो नेपालबाट भोलिदेखि नै कक्षा ९ र १० को सामग्री प्रसारण हुँदैछ । अरु थुप्रै लोकल एफएमबाट प्रसारण गर्ने तयारी पनि स्थानीय तहहरुले गरिरहेको जानकारी प्राप्त भएको छ ।’ उनले भने। 
हेर्नुहोस् तालिका
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी