×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कोरोना संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो’ : एनआरएनए

LAXMI SUNRISE BANK

‘कोरोना संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो’ : एनआरएनए

३२ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रदेश ५ मा मात्रै कोरोना संक्रमितको संख्या २९९ पुग्यो, ८ जिल्लामा फैलियो संक्रमण !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना संक्रमणले विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रदान गरेको जानकारी अनुसार कोरोना संक्रमणले गर्दा विगत ८ साता लगातार बिभिन्न देशमा नेपालीहरुले ज्यान गुमाएका थिए भने यो साता कुनै नेपालीले ज्यान गुमाउन परेन ।
एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा हिँजो शनिवार साँझसम्म उल्लेख्य रुपमा कमी आएको छ ।
डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा ९ हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो । संघका अनुसार कोरोना संक्रमणले हालसम्म १ सय २७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् भने नेपाल ज्यान गुमाउने संख्या १८ पुगेको छ । हालसम्म विश्वभर कोरोनाका कारण १४५ जना नेपालीले ज्यान गुमाएका छन् ।
सापकोटाका अनुसार नेपालको ५ हजार ३ सय ३५ सहित विश्वभरका ३५ देशमा २३ हजार १ सय २७ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । कोरोना भाइरसका कारण बेलायत, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी