×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकका ५ कार्यकारी निर्देशकहरुको सरुवा, कसले कहाँको जिम्मेवारी पाए ?

LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकका ५ कार्यकारी निर्देशकहरुको सरुवा, कसले कहाँको जिम्मेवारी पाए ?

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकका ५ जना कार्यकारी निर्देशकहरुको सरुवा भएको छ । गभर्नर महाप्रसाद अधिकारीले ५ जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । कार्यकारी निर्देशकहरु भुवन कँडेल, पिताम्बर भण्डारी, रेवती नेपाल, रामु पौडेल, र विश्रुत थापाको सरुवा भएको हो । 
राष्ट्र बैंकको आन्तरिक लेखापरीक्षण विभागमा रहेका भुवन कँडेललाई भुक्तानी प्रणाली विभागको जिम्मेवारी दिइएको छ भने भुक्तानी प्रणाली विभागको जिम्मेवारीमा रहेका रेवती नेपाललाई भुक्तानी मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ । 
यस्तै विश्रुत थापालाई आन्तरिक लेखापरीक्षण विभागको जिम्मेवारी दिइएको छ । थापा मुद्रा व्यवस्थापन विभागमा थिए । वित्त कम्पनी सुपरीवेक्षणमा रहेका रामु पौडेललाई जनशक्ति व्यवस्थापन विभागमा पठाइएको छ भने जनशक्ति व्यवस्थापन विभागमा रहेका पिताम्बर भण्डारीलाई वित्त कम्पनी सुपरीवेक्षणमा पठाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी