×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : भारतमा संक्रमित संख्या दुई लाख ९७ हजार नाघ्यो, एकैदिन १० हजार ९५६ नयाँ संक्रमित फेला

LAXMI SUNRISE BANK

कोरोना अपडेट : भारतमा संक्रमित संख्या दुई लाख ९७ हजार नाघ्यो, एकैदिन १० हजार ९५६ नयाँ संक्रमित फेला

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रदेश ५ मा मात्रै कोरोना संक्रमितको संख्या २९९ पुग्यो, ८ जिल्लामा फैलियो संक्रमण !
काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमित संख्या दुई लाख ९७ हजार नाघेको छ ।  भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १० हजार ९५६ नयाँ संक्रमित थपिएसंगै संक्रमित संख्या दुई लाख ९७ हजार ५३५  पुगेको हो । 
साथै, भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ हजार ४९८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण ३९६ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ४७ हजार १९५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका ९७ हजार ६४८ मा संक्रमण पुष्टि भएको छ भने तीन हजार ५९० जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । त्यस्तै, तमिलनाडुमा अहिलेसम्म ३८ हजार ७१६ संक्रमित फेला परेका छन् भने ३४९ जनाको मृत्यु भइसकेको छ ।
दिल्लीमा ३४ हजार ६८७ जना संक्रमित भेटिँदा एक हजार ८५ जनाको मृत्यु भइसकेको छ । गुजरातमा २२ हजार ३२ संक्रमित भेटिँदा एक हजार ३८५ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै, उत्तर प्रदेशमा अहिलेसम्म १२ हजार ८८ संक्रमित फेला परेका छन् भने ३४५ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा नौ हजार ७६८ संक्रमित भेटिएका छन् भने ४४२ जनाको मृत्यु भइसकेको छ । बिहारमा पाँच हजार ९८३ संक्रमित फेला परेका छन् भने ३६ जनाको मृत्यु भइसकेको छ । – एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी