×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन खुकुलो भएपछि सवारी चाप बढ्यो, जोर विजोर प्रणालीले सर्वसाधारण अन्यौल (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

लकडाउन खुकुलो भएपछि सवारी चाप बढ्यो, जोर विजोर प्रणालीले सर्वसाधारण अन्यौल (भिडियो रिपोर्ट)

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउँदै सवारी साधन सञ्चालनमा जोर, विजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप बढेको छ । काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी सधनको चाप उच्च देखिएको छ । सडकमा सवारी चाप बढेपछि केही ठाउँहरुमा सवारी जाम समेत भएको छ । काठमाडौंको त्रिपुरेश्वर, थापाथली, बानेस्वर, जमल लगायतका ठाउँमा सवारी चाप अत्याधिक बढेको देखिन्छ ।
सवारी साधनको चाप बढेसँगै प्रहरीले सवारी साधनको जाँचलाई तिब्रता दिएको छ । शुक्रबार अर्थात ३० गते जोर नम्बरका सवारी साधन मात्रै सञ्चालन गर्न पाइने भएकाले प्रहरीले बिजोर नम्बरका सवारीसधानलाई फर्काइदिएको छ । मोटरसाइकलमा जोर विजोर नम्बर लागू हुने या नहुने भन्ने सम्बन्धमा अन्यौल देखिएका कारण दुवै नम्बर प्लेटका मोटरसाइकलहरु सडकमा देखिएका छन् ।
जोर विजोर चलाउने विषयमा अन्योल देखिएपनि प्रहरीले बिजोर नम्बर प्लेट रहेका सवारीसाधनलाई कारबाही गरेको छ । यस्तै मोटरसाइकलको पछाडि बसेर यात्रा गर्ने मानिसहरुलाई झारेर पठाएको छ । चारपाङ्ग्रे सवारी साधनमा पनि चालक बाहेक दुई जना भन्दा बढी यात्रा गरेको पाइए कारबाही गरेको छ । यसबाहेक अत्यावस्यक सेवाका सवारी साधनलाई भने सञ्चालन गर्न दिइएको छ । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी