×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्यरातमा एनआइसी एशिया बैंकको एटिएम बुथ तोडफोड गरी लुटेरा भागे, ‘सीसीटिभी उल्टो पारेर बुथ फुटाइयो…’

PRIME CA

मध्यरातमा एनआइसी एशिया बैंकको एटिएम बुथ तोडफोड गरी लुटेरा भागे, ‘सीसीटिभी उल्टो पारेर बुथ फुटाइयो…’

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ / अर्थ सरोकार सुदुरपश्चिम ब्युरो 
कैलाली । कैलालीमा एटिएम चोरहरुको बिगबिगी बढेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको एनआईसी एसिया बैंकको एटिएम तोडफोड गरी पैसा चोरी गर्न खोज्ने पक्राउ परेको घटना सेलाउन नपाउँदै  धनगढीमा रहेको एनआईसी एसिया बैंकको एटिएममा गयराती तोडफोड भएको छ । धनगढी चौराहमा रहेको प्रादेशिक कार्यालयको एटिएम विहिवार राती १२ बजे तोडिएको छ । माक्स लगाएका र हातमा पहेलो कलरको घडी लगाएका लुटेराले राती १२ बजे सिसिटिभी उल्टो फर्काएर एटिएम तोडफोड गरेको सिसिटिभीमा देखिएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । एटिएमबाट पैसा चोरियो वा छैन भन्ने विषयमा प्रहरीले केहि पनि खुलाएको छैन ।
चोरहरुको निशानामा एनआइसी एशिया बैंक !
यसो त यसअघि कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको एनआईसी एसिया बैंकको एटिएम तोडफोड गरी पैसा चोरी गर्न खोज्ने पक्राउ परेका थिए । बैशाख १७ गते राति ११ बजेको समयमा महेन्द्रनगर रोडमा स्थित बैंकको तल्लो तलमा रहेको एटिएम मेसिनमा तोडफोड गरी पैसा चोर्न खोज्ने बझाङको थलरा गाउपालिका १ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर मटेना ससुरालीमा बस्दै आएका २२ वर्षीय सुनिल खड्कालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसको झन्डै डेढमहिनापछि पुन: धनगढीको एनआइसी एशिया बैंकको एटिएम फोड्ने प्रयास भएको छ । लुटेरा हाल फरार छन् ।
 लुटेराहरुको मनोविज्ञान, ‘पैसा हुन्छ त एनआइसीकै एटिएममा हुन्छ’
नेपालको अग्रणी वाणिज्य बैंकको छवि बनाएको एनआइसी एशिया धनगढी आसपासमा समेत सबैभन्दा बढी ग्राहक संख्या भएको बैंक हो । एनआइसीको लोकप्रिय ब्राण्डका कारण पनि लुटेराहरु पैसा हुन्छ त एनआइसी एशिया बैंकमै हुन्छ भन्ने मनोविज्ञानका साथ यस्ता अपराराधिक घटना घटिरहेको कैलाली प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: