×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुईपाङ्ग्रे सवारीमा एक जना मात्र सवार गर्न पाउने सरकारको निर्णय (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

दुईपाङ्ग्रे सवारीमा एक जना मात्र सवार गर्न पाउने सरकारको निर्णय (भिडियो रिपोर्ट)

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारले नीजि सवारी साधनलाई सम्बन्धित जिल्ला भित्र जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सम्बन्धित जिल्लाभित्र आवतजावत गर्ने गरी जोरविजोर प्रणालीमा नीजि सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारले दुईपाङ्ग्रे सवारीमा एक जना र चारपाङ्ग्रे सवारीमा चालक बोहक २ जना मात्रै सवार गर्न पाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।  आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पैदल आवागमन पनि खुला गरिएको छ । पैदल आवागमन गर्दा मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न र भिडभाड गरी हिडडुल गर्न सरकारले आग्रह गरेको छ । यस्तै स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण सेवाहरु सञ्चालन गर्ने। कृषि र पशुपंक्षी सम्बन्धित व्यवसाय सञ्चालन, उत्पादन र विक्रि वितरण गर्न पनि खुला गरेको छ ।

यस्तै खाद्यवस्तु समेतको विक्रि वितरणलाई सहज बनाउन उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्टर स्टोर खुला गर्ने निर्णय पनि सरकारले गरेको छ । यस्तै फोहोर मैला व्यवस्थापन, विद्युतिय दमकल, सञ्चार, बैंक, वित्तिय संस्था सहकारी क्षेत्र, नर्सरी र वनजन्य उद्यम र व्यवसायहरु पनि सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको छ । यस्तै विकास आयोजनाहरु, जल विद्युत आयोजनाहरु समेतलाई निर्वाध रुपमा सञ्चालन गर्ने निर्णय सरकारले गरेको प्रवक्ता खतिवडाले बताउनुभयो । क्वारेन्टाइनका लागि तोकिएका होटल बाहेक अन्य होटलहरु सञ्चालन तत्काल नगने निर्णय गरेपनि प्याकिङको माध्यमबाट सेवा दिने गरी रेष्टुरेण्टहरु सञ्चालन गर्न पाउने निर्णय सरकारले गरेको छ ।

सरकारी तथा गैरसरकारी कार्यालयहरु दुई सिफ्ट गरेर सञ्चालन गर्ने निर्णय पनि सरकारले गरेको छ । बिहान ८ बजेटबाट १ बजेसम्म पहिलो सिफ्ट र दिउँसो १ बजेटबाट साँझ ६ बजेटसम्म अर्को सिफ्ट गरी कार्यालय सञ्चालन गर्न सकिनेछ । यद्यपी बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा, सरकारी तथा गैर सरकारी कार्यालय र जोर विजोर प्रणालीमा सञ्चालन हुने नीजि सेवा प्रदायक कार्यालयका सवारीका हकमा असार १ गतेबाट निर्णय लागु हुनेछ । अन्यको हकमा भने तत्काल लागु भइ २१ दिनसम्म कायम रहने उनले बताए ।

सरकारले तत्काल शैक्षिक संस्था सञ्चालन नगर्ने निर्णय पनि गरेको छ । अनुमति प्राप्त बाहेकका अन्तर्राष्ट्रिय उडानहरु सञ्चालन नहुने, तोकिए बाहेकका सीमा नाकाबाट आवतजावत नगर्ने निर्णय पनि गरेको छ । यसैगरी सभा सम्मेलन, सिनेमा हल, डान्साबर, सार्वजनिक पुस्तकालय, व्युटि पार्लर, सैलुन तत्काल सञ्चालन गर्न नपाइने निर्णय पनि सरकारले गरेको छ । यसैगरी सम्पूर्ण धार्मिक स्थल, यात्रुवाहक सवारी साधन पनि तत्काल सञ्चालन नगर्ने निर्णय सरकारले गरेको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी