×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनमा २ लाख ९१ हजार मेट्रिक टन खाद्यान्न आयात

LAXMI SUNRISE BANK

लकडाउनमा २ लाख ९१ हजार मेट्रिक टन खाद्यान्न आयात

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । लकडाउनका समयमा नेपालमा विभिन्न देशबाट २ लाख ९१ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार भारतसहितका विभिन्न देशबाट यो परिमाणमा खाद्यान्न आयात भएको हो ।  विभागले दिएको जानकारीअनुसार दलहन वस्तु ७४ हजार २ सय ३३ मेट्रिक टन आयात भएको छ । विभागले उपलब्ध गराएको तथ्यांकअनुसार ११ हजार ४ सय मेट्रिक टन दूधजन्य वस्तुको आयात भएको छ। 

लकडाउनको अवधिमा नेपालमा १ खर्ब २५ अर्ब ६८ करोड रूपैयाँको वस्तु आयात भएको विभागले जनाएको छ । चैत ११ गतेदेखि जेठ २९ गतेसम्ममा ९६ हजार २५ मेट्रिक टन तरकारी आयात भएको छ। यसैगरी यो अवधिमा ३९ हजार ९० मेट्रिक टन फलफूल आयात भएको छ। नेपालमा चैतको ११ गतेदेखि लागू गरिएको लकडाउन जेठ ३२ गतेसम्मका लागि कायम गरिएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी