×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्सको सेयर रजिष्टारमा आरबीबी मर्चेन्ट नियुक्त

GLOBAL IME BANK

नेको इन्स्योरेन्सको सेयर रजिष्टारमा आरबीबी मर्चेन्ट नियुक्त

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको सेयर रजिष्टारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । कम्पनीको सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि दुबै संस्थाबीच बुधबार(जेठ २८ गते) सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक कुमार खड्का र आरबीबी मर्चेन्टका सीईओ बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।
यससँगै, अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु आरबीबी मर्चेन्ट मार्फत हुने आरबीबी मर्चेन्टका सीईओ प्याकुरेलले जानकारी दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: