
- अर्थ सरोकार सम्बाददाता
भोजपुर । भोजपुरमा लकडाउनको समयमा म्याद सकिएको खाद्यान्नको भण्डारण गरी बिक्री गरेको फेला परेपछि त्यस्ता खाद्य पसलको बिक्री वितरणमा रोक लगाइएको छ । कोरोना भाइरस महामारीको मौका छोपेर व्यापारीहरूले म्याद गुज्रेका अखाद्य बस्तु बिक्री गर्ने गरेको गुनासो आएपछि गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका वस्तु फेला परेपछि तत्काललाई त्यस्ता पसलको बिक्री वितरणमा रोक लगाइएको हो ।
अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य बस्तु बिक्री गर्ने भोजपुरको दावा बलौटेस्थित लक्ष्मी किराना पसल, यमुना स्टोर, कान्तिपुर किराना पसल, विद्याधारी किराना, कुमकुम स्वीटहाउसलगायत २२ भन्दा बढी पसलको सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । कार्यालयका अनुसार बिक्रीका लागि राखिएका चामल, दाल, तेललगायत सामग्रीमा उपभोग्य मिति, उत्पादन मितिलगायत फेला नपरेपछि त्यस्ता पसलको विक्री वितरणमा रोक लगाएको छ ।
व्यापारीले अखाद्य वस्तु बिक्री वितरण गरिरहेको व्यापक जनगुनासो आएपछि हामीले बजार अनुगमनलाई तीव्रता दिएका छौँ, सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले भने, यो अवधिमा २२ भन्दा बढी पसलको बिक्री वितरणमा रोक लगाएर स्पष्टीकरणसहित छलफलका लागि बोलाएका छौँ । विशेष गरेर ग्रामीण क्षेत्रमा अखाद्य वस्तु बिक्री हुने गरेको सूचना आएपछि हामीले त्यस्ता पसललाई मध्यनजर गर्दै अनुगमन गरिरहेका छौँ, यसै क्रममा दावाको बलोटेमा ५०० बोरा बढी चामलमा उत्पादन मिति भेटिए, सर्वसाधरणको स्वास्थ्यमा खेलवाड गर्ने त्यस्ता धेरै पसल छन्, त्यस्तालाई कारवाहीको दायरा ल्याउँछौँ, उनले भने।
पछिल्लो समयमा लकडाउनको मौका छोप्दै उपभोक्ता ठग्ने प्रवृत्ति बढेसँगै प्रशासनले निगरानी बढाएको छ । यो अवधिमा सदरमुकामसँगै आसपासका क्षेत्रहरु सुन्तले, दावा बलौटेमा रहेका पसलबाट करिब रु ६५ हजार बराबरको अखाद्य सामग्री नष्ट गरिएको अनुगमन समितिले जनाएको छ । कानूनविपरीत अखाद्य वस्तु बिक्री गर्ने पसललाई कानूनी दायरा ल्याइने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्