×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिदै, एकैदिन १० हजार बढी संक्रमित

LAXMI SUNRISE BANK

भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिदै, एकैदिन १० हजार बढी संक्रमित

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिने क्रम जारी छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार एकैदिन झण्डै १० हजार मानिसमा संक्रमण पुष्टि भएको छ । बुधबार ९ हजार ९८५ संक्रमित थपिएसँगै भारतमा कुल संक्रमितको संख्या दुई ७६ हजार ५८३ पुगेको मन्त्रालयले जनाएको छ । बुधबार कोभिड–१९ बाट २७९ जनाको मृत्यु भएसँगै भारतमा ज्यान गुमाउनेको कुल संख्या सात हजार ७४५ पुगेको छ ।
कुल संक्रमित मध्ये एक लाख ३५ हजार २०५ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । भारतमा हरेक दिन परीक्षणका लागि एक लाख ५० हजार भन्दा बढी नमूना संकलन हुने गरेको सरकारी दाबी छ । अहिलेसम्म ५० लाख भन्दा बढीको नमूना परीक्षणका लागि लिइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी