×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनसुन सुरु हुन ढिला हुने, अझै केही दिन लाग्ने मौसमविद्काे अनुमान

LAXMI SUNRISE BANK

मनसुन सुरु हुन ढिला हुने, अझै केही दिन लाग्ने मौसमविद्काे अनुमान

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  नेपालमा सामान्यतया जुन १० तारिख अर्थात् आजबाट मनसुन सुरु हुने भए पनि यस वर्ष ढिला हुने भएको छ । नेपालमा आउने मनसुनी प्रणाली बङ्गाल खाँडीको उत्तरी भूभागमा रहेको र त्यो नेपालको पूर्वी भूभागमा आइपुग्न झण्डै एक हप्ता लाग्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
बङ्गालको उत्तरी भूभागमा रहेको मनसुनी प्रणाली एक-दुई दिनमै पश्चिमी भूभागमा आउने र एक हप्ताभित्र दार्जिलिङ हुँदै नेपालको पूर्वी भूभागमा प्रवेश गर्ने उहाँले बताउनुभयो । यस वर्ष मनसुन सुरु हुँदा भने कमजोर प्रणाली आउने देखिएको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
बलियो प्रणाली नदेखिएकोले मनसुनको सुरुवातमा सामान्य पानी पर्ने र बिस्तारै मनसुन बलियो भएर न्यून चापीय रेखा नेपाल नजिक आएपछि औसत पानी पर्ने सम्भावना देखिएको मौसमविद् कँडेलले बताउनुभयो । यसैबीच अहिले कर्णाली प्रदेशको सुर्खेतलगायतको ठाउँमा ठूलो वर्षा भइरहेको छ । यस्तै प्रदेश पाँच, गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश २ को पर्सा र आसपासमा सामान्य पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो र राति देशका धेरैजसो ठाउँमा बादल लाग्ने र प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश पाँचका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने मेघगर्जन तथा चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी