×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको कोरोना परिक्षण, यस्तो आयो ‘रिपोर्ट’

LAXMI SUNRISE BANK

भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको कोरोना परिक्षण, यस्तो आयो ‘रिपोर्ट’

२७ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भक्तपुर

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । आइतबार भक्तपुर अस्पतालमा मृत्यु भएकी एक सुत्केरी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनमा कोरोना संक्रमणको आशंका गर्दै स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा मंगलबार रिपोर्ट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । 
सिन्धुपाल्चोक लिसङखुपाखर गाउँपालिका स्थायी घर भइ हाल चाँगुनारायण नगरपालिका– २, पुरानो झौखेल बस्ने ती महिलाको बच्चा जन्माएको केही समयमै आइतबार राति मृत्यु भएको थियो । 
उनी अस्पताल आउँदा रुघाखोकीको लक्षण देखिएको र श्वासप्रश्वास पनि समस्या देखिएको अस्पतालले जानकारी दिएको छ । मृतक महिलाले काठमाडौं मेडिकल कलेज सिनामंगलमा नियमित स्वास्थ्य जाँच गर्दै आएकी थिइन् । 
प्रयोगशालमा उनको तीन पटकसम्म पीसीआर परीक्षण भएकोमा तीनै पटक नतिजा नेगेटिभ नै देखाएको अस्पताल स्रोतले जनाएको छ। रिपोर्ट नेगेटिभ आएसँगै शव आफन्तलाई जिम्मा लगाइने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी