
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेससहित विपक्षी दलका सदस्यले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै सरकारसँग जवाफ माग गरेका छन् । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि काँग्रेसका गगनकुमार थापाले कोरोना नियन्त्रणका लागि बनाइएको क्वारेन्टिन व्यवस्थित नभएको र त्यहाँ मानिसको मृत्यु हुन थालेकाले यसको जिम्मा कसले लिने भनी प्रश्न गर्नुभयो । पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री थापाले अहिलेसम्म कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्नसमेत माग गर्नुभयो ।
निर्दोष कर्मचारीलाई सरुवा गरेर दोषबाट उम्कन नपाइने बताउँदै थापाले प्रश्न गर्नुभयो, “मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने भनेर कसले भन्यो ?” उहाँले विदशेमा रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउन पनि सरकारको ध्यानाकर्षण गर्नुभयो । विदेशमा बसेका नेपालीलाई ल्याइने निर्णय भएको तर कुन विमानबाट ल्याउने भन्ने विवाद भएको जिकिर गर्दै उहाँले त्यस विषयमा सरकारले सदनलाई जवाफ नदिए आगामी बैठक सञ्चालनमा सहज नहुने चेतावनी दिनुभयो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समतिका संयोजक ईश्वर पोखरेलसँग यसबारे सदनमा जवाफ दिनुपर्ने मागसमेत उहाँले गर्नुभयो ।
रुपन्देही घटनाको छानबिन माग
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का छविलाल विश्वकर्माले गए राति रुपन्देहीमा भएको घटनाको निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हदैसम्मको कारवाही गर्न माग गर्नुभयो । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीक मैनहवा गाउँस्थित गङ्गादेवी पशु फर्मका पाँच मजदूरको विभत् हत्या भएको जनाउँदै उहाँले सभामुखमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । यस्ता घटना दोहोरिन नदिनका लागि विशेष ध्यान दिन उहाँले स्थानीय प्रशासनलाई आग्रह गर्नुभयो ।
समाजवादी पार्टीका सूर्यनारायण यादवले सुनसरीका कृष्ण यादवलाई भण्टाबारीस्थित राहत वितरण कार्यक्रमस्थलमा पुग्दा प्रहरीले विनाकारण नियन्त्रणमा लिएको र झुटा मुद्दा लगाएर मानसिक तथा शारीरिक यातना दिएको जनाउँदै घटनाको सत्यतथ्य पत्ता लगाई न्याय दिन आग्रह गर्नुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्