×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जोगबनी नाका भएर नेपाल आउनेभन्दा भारत फर्कनेको संख्या अधिक

LAXMI SUNRISE BANK

जोगबनी नाका भएर नेपाल आउनेभन्दा भारत फर्कनेको संख्या अधिक

२७ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । विराटनगर र भारत सीमाको जोगबनी देशकै महत्त्वपूर्ण मध्येको एक नाका हो । नेपाल र भारतमा कोरोना संक्रमणको त्रास बढेसँगै दुवै देशमा रहेका मानिस यताबाट उता जाने र उताबाट आउने क्रम चलिरहेको छ । देशका अन्य नाकाबाट स्वदेश फर्कने नेपालीको संख्या धेरै भए पनि जोगबनी नाकाको परिस्थिति भने अलि भिन्न छ । यहाँबाट नेपाल फर्कने भन्दा विराटनगर–जोगबनी हुँदै भारततिर फर्कनेको संख्या अधिक देखिएको छ । सीमा सिल भई लामो समय बितेपछिको पछिल्लो दुई साताको तथ्यांकले जोगबनी भएर नेपाल आउने भन्दा पनि भारत जानेको संख्या धरै देखाएको छ । 
प्रदेश १ सरकार, जिल्ला प्रशासन कार्यालय मोरङ र सुरक्षा सक्रियतामा नेपालीलाई उद्धार गरी स्वदेश भित्र्याउने काम चलिरहेको छ । नेपालमा अलपत्र परेका र देश फर्कन चाहने भारतीयलाई पनि भरतका सुरक्षा निकाय तथा प्रशासनसँगको समन्वयमा पठाउने गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको पछिल्लो तथ्यांकअनुसार जोगबनीबाट नेपाली भित्रने भन्दा पनि भारतीयहरू बिहार प्रवेश गरी भारतका अन्य सहरसम्म पुग्‍ने दर बढी देखिएको हो । 
भारतका विभिन्न ठाउँबाट जोगबनी सीमासम्म आएका १ हजार ७०४ जनालाई नेपाल प्रहरीले समन्वय गरी नेपाल प्रवेश गराएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले दुई साताको अवधिमा जोगबनीबाट २४४ जना नेपाली स्वदेश आएको बताए । नेपालका विभिन्न ठाउँबाट ४६७ महिलासहित २ हजार २७० जना भारतीयलाई सुरक्षाकर्मीको समन्वयमा भारततर्फ पठाइएको छ । नेपालतर्फ ल्याइने मानिसहरूलाई होल्डिङ सेन्टरमा राखी सम्बन्धित पालिकातर्फ पठाइने गरिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी