×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ दिल्लीका मुख्यमन्त्री केजरीवाल आइसोलसनमा, कोरोनाको आशंका

LAXMI SUNRISE BANK

नयाँ दिल्लीका मुख्यमन्त्री केजरीवाल आइसोलसनमा, कोरोनाको आशंका

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नयाँ दिल्ली । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ भएपछि ‘सेल्फ आइसोलेसन’ मा बसेका छन् । आइतबार दिउँसोबाट उनको स्वास्थ्यमा समस्या आए पनि सोमबार स्वास्थ्य अवस्था थप बिग्रिएपछि कोभिड–१९ संक्रमणको आशंकामा उनी सेल्फ आइसोलेसनमा बसेको बताइएको छ ।
समाचार अनुसार उनलाई आइतबार दिउँसोदेखि नै ज्वरो र खोकीको समस्या थियो । लगत्तै केजरीवालले औपचारिक कार्यक्रम रद्द गरेर आफूलाई आइसोलेसनमा राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चिकित्सकको एउटा समूहले उनको स्वास्थ्यबारे निगरानी गरिरहेको जनाइएको छ । दिल्ली सरकारले कोरोनाको लक्षण विनाका बिरामीलाई कोभिड–१९ भाइरसको परीक्षण गर्न रोक लगाएका कारण मुख्यमन्त्री केजरीवालको स्वास्थ्य परीक्षण पनि प्रभावित भएको छ ।
चिकित्सकले केजरीवाललाई सामान्य ज्वरो नभई कोभिड–१९ सँग सम्बन्धित ज्वरो आएको र उनमा खोकीको पनि समस्या रहेकाले कोरोना संक्रमण हुन सक्ने अनुमान गरेका छन् । कोरोनासँग मिल्दो लक्षण देखिएको भन्दै उनको मंगलबार कोभिड–१९ को संक्रमणसम्बन्धी परीक्षण हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । – एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी