
- अर्थ सरोकार सम्बाददाता
सन्धिखर्क । अर्घाखाँचीमा सोमबार एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेनटाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु कुन ठाउको क्वारेन्टाइनमा बसेका भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । यसअघि जिल्लाका शितगंगा नगरपालिकाको ठाडाको ज्योति माविको क्वारेन्टाइन बसेका ३६ वर्षीय पुरुष र पाणिनी गाउँपालिकाको ८ पालीका कमला माविमा रहेका दुईजनामा कोरोना संक्रमण देखिएको हो। उनीहरुको सन्धिखर्कस्थित हटारीको आइसोलेसनमा उपचार भइरहेको छ ।
गत जेठ १० गते भूमिकास्थान नगरपालिका-९ का ३४ वर्षीय कृष्णबहादुर गैरेको नेपाल आउने क्रममा बाटोमा मृत्यु भएको थियो र उनको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ पुष्टि थियो । अर्घाखाँचीमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भइसकेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्