×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालका ७१ जिल्लामा फैलियो कोरोना संक्रमण, संक्रमण नभएको जिल्ला कुन-कुन ?

LAXMI SUNRISE BANK

नेपालका ७१ जिल्लामा फैलियो कोरोना संक्रमण, संक्रमण नभएको जिल्ला कुन-कुन ?

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसको संक्रमण नेपालका ७१ जिल्लामा फैलिसकेको छ । पछिल्लो पटक रोल्पामा पनि संक्रमित देखिएपछि अब ६ जिल्ला मात्र सुरक्षित देखिएका छन् । प्रदेश-१ मा इलाम र ओखलढुंगा कोरोना संक्रमणबाट सुरक्षित छन् । यस्तै, वागमती प्रदेशको रसुवा अहिलेसम्म सुरक्षित छ । गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङ पनि अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित छन् । इलाम, ओखलढुंगा, रसुवा, मनाङ, मुस्ताङ, पश्‍चिम रुकुम हालसम्म कोरोना भाइरसको संक्रमणबाट सुरक्षित देखिएका छन् ।
तीमध्ये सबैभन्दा बढी प्रदेश-२ मा देखिएका छन् । सबैभन्दा कम वागमती प्रदेशमा ९२ जना मात्र संक्रमण देखिएको छ । सुदूरपश्‍चिमका नौवटै जिल्लामा, कर्णाली प्रदेशका १० मध्ये नौ जिल्लामा, प्रदेश-५ का १२ वटै जिल्लामा, गण्डकी प्रदेशका ११ मध्ये नौ जिल्लामा, वागमती प्रदेशका १३ मध्ये १२ जिल्लामा, प्रदेश-२ का आठवटै जिल्लामा र प्रदेश-१ का १४ मध्ये १२ जिल्लामा कोरोना संक्रमित देखिएका छन् ।
नेपालमा हालसम्म कोरोना संकमण जित्नेको संख्या ४ सय ६७ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १४ जनाले ज्यान गुमाएका छन् भने ४ सय ६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् । त्यस्तै विश्वभर करीब ६९ लाखमा कोरोना संक्रमण पुष्टि भएको छ। गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पहिलोपटक १० माघमा पुष्‍टि भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी