×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौसम : देशका केही भूभागमा आज मेघगर्जन सहित वर्षाको सम्भावना

LAXMI SUNRISE BANK

मौसम : देशका केही भूभागमा आज मेघगर्जन सहित वर्षाको सम्भावना

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । देशभरको मौसम सोमबार दिनभर सामान्यदेखि आंशिक बदली हुने तथा केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा बिहारमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ। हाल बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा सामान्य बदली रहेको छ। प्रदेश १ र कार्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सोमबार दिउँसो सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुने बताइएको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरु बताउँछन् । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सोमबार राति पनि सामान्य बदली हुनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने मशाखाले जनाएको छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी