
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको गण्डक कोभिड अस्पतालका को–ओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।
संक्रमण पुष्टि भएका सबै जना जगरनाथपुर गाउँपालिका ६ का बासिन्दा हुन् । संक्रमित हुनेमा २५ वर्षकी एक महिलासहित २०, २५, २७, ३०, ५५ वर्षका पुरुष तथा ३५ वर्षका दुई जना पुरुष रहेका छन् ।
भारतबाट आई सन्ठी क्वारेन्टिनमा बस्दै आएका ३३ जनासहित उनीहरुको सम्पर्कमा रहेका एक जना गरी कुल ३४ जनाको गत शुक्रबार स्वाब संकलन गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
संक्रमित ८ जनालाई क्वारेन्टिनबाट गण्डक कोभिड अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए । गाउँपालिकाका स्वास्थ्य संयोजक पर्वेन्द्र साहका अनुसार १५ दिन अघि उनीहरु भारतको केरला, लुधियाना लगायतका स्थानबाट मजदुरी गरी नेपाल फर्किएका थिए ।
इनर्वा नाका हुँदै नेपाल फर्किएका उनीहरुलाई सुरक्षाकर्मीको सहयोगमा सन्ठीस्थित श्री नेपाल राष्ट्रिय माविको क्वारेन्टिनमा राखिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्