×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हालसम्म कोरोना जित्नेको संख्या ४६७ पुग्यो’ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

LAXMI SUNRISE BANK

‘हालसम्म कोरोना जित्नेको संख्या ४६७ पुग्यो’ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा थप १०३ जना कोरोना संक्रमित व्यक्ति निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार १०३ जनाले कोरोना जितेर फर्किएसंगै यो संख्या ४ सय ६७ पुगेको जनाएका हुन् ।  
जसमा ३९९ पुरुष  र ६८ जना महिला रहेका छन् । आज धरानबाट झापाका १२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने बाराबाट ३४ जना, काठमाडौंको बलम्बु अस्पतालबाट महोत्तरीका १ जना, बुटवलबाट २७ जना, दाङबाट १० जना र गौरबाट १८ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताए । यस्तै शुक्रबार थप २१३ जनामा कोरोन संक्रमण पुष्टि भएको छ । २०९ जना पुरुष र ४ जना महिलामा कोरोना पुष्टी भएको हो ।
हालसम्म पिसिआर विधिबाट ९६ हजार २०५ र आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमूना परीक्षण भएका छन् । गत २४ घन्टामा पिसिआर विधिबाट ३७ सय २८ र आरडीटी विधिबाट ७६ सय १४ परीक्षण नमूना भएका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी