×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हवाई भाडा घट्यो, हेनुहोस्, अव कुन ठाउँको कति ? (सूचिसहित)

LAXMI SUNRISE BANK

हवाई भाडा घट्यो, हेनुहोस्, अव कुन ठाउँको कति ? (सूचिसहित)

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले हवाई भाडादर घटाएको छ । कोरोना माहामारीका बेला नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडादर पनि घटेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत पूर्वाधार कर १० रुपैयाँ घटाएपछि संघले पनि भाडा घटाएको जनाएको हो ।
संघले अधिकतम ११ सय ५० देखि न्युनतम २ सय २५ रुपैयाँसम्म हवाई भाडादर घटेको जनाएको छ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटको भाडादर ८ सय ६० रुपैयाँले घटेको छ भने काठमाडौंबाट भद्रपुर जाने फ्लाइटको भाडादर ७ सय ५० ले घटेको छ । यस्तै भरतपुर, पोखरा र विराटनगरको भाडा क्रमशः २ सय ७०, ३ सय ९५ र ६ सय रुपैयाँले कम भएको छ । 
भाडादर घटेता पनि लकडाउनका कारण अहिले सबै उडान बन्द अवस्थामा छन् । यता नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ देखि आन्तरिक उडान गर्ने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गरेको छ । प्राधिकरण र हवाइ व्यवसायीसँग भएको छलफलमा आन्तरिक उडान गर्ने असार १७ बाट चरणबद्ध रुपमा गर्ने प्रस्ताव पास भएको हो।
मन्त्रालयले आइतबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव पेस गर्ने बताइएको छ । प्राधिकरण स्रोतका अनुसार असार १७ बाट आन्तरिक उडान गर्ने प्रस्ताव मन्त्रालयमा गएको छ । आन्तरिक उडानबारे अन्तिम निर्णय भने मन्त्रिपरिषदले गर्नेछ ।
हेनुहोस् कुन ठाउँको भाडा कति ?


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी