×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले १० अर्ब खर्च गरिसक्दा पनि प्रभावकारी काम गर्न नसकेको सांसदहरुको टिप्पणी (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सरकारले १० अर्ब खर्च गरिसक्दा पनि प्रभावकारी काम गर्न नसकेको सांसदहरुको टिप्पणी (भिडियो रिपोर्ट)

Artha Sarokar

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणको काममा सरकारले प्रभावकारी काम गर्न नसकेको राष्ट्रिय सभा सदस्यहरुले टिप्पणी गरेका छन् । संघीय संसद राष्ट्रिय सभाको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले सरकारले १० अर्ब खर्च गरिसक्दा पनि प्रभावकारी काम गर्न नसकेको बताएका छन् । उनीहरुले विदेशबाट प्लेनमा आउने नागरिक र भारतबाट आउने नागरिकहरुबीच असमान व्यवहार गरिएको बताएका छन् । यस्तै लकडाउनका कारण पीडित बनेका श्रमिकहरु वर्गको हितमा सरकारले कुनै काम नगरेको समेत उनीहरुले बताएका छन् ।
राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले लकडाउनको अवस्थामा जोताएर खाने र जोतिएर खाने वर्ग दुर्वै पीडित बनेको बताउनुभयो । लकडाउनका कारण दैनिक कमाई खाने वर्गलाई लकडाउनले सबैभन्दा ठूलो असर परेको तर सरकारको ध्यान त्यतातिर जान नसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘जोताएर खाने एउटा वर्ग, जोतिएर खाने अर्को वर्ग, जोताएर खाने वर्ग र जोतिएर खाने वर्ग दुवै अहिले पीडित छन् । दैनिक कमाई गरेर खर्च गर्ने एकथरी, महिनादिन कमाएर खर्च धान्ने एकथरी, संगठित संस्थाका श्रमिकहरु र असंगठित संस्थाका श्रमिकहरुको बिचमा डाइभर, खलासी, भरिया र किसान इत्यादिलाई लकडाउनले ठूलो भन्दा ठूलो असर प¥यो । सरकरको ध्यान त्यता अलिबढी जानु पर्यो अहिले गएको पुगेन ।’
उहाँले किसानले उत्पादनको विक्री नहुने, अस्पताल पुगेको छैन, औषधि छैन, मेसिन नभएर जाँचन सकिएको छैन, स्वास्थ्यकर्मीको अभाग छ अनेक व्यवस्थामा अव्यवस्थै अव्यवस्था भएको बताउनुभयो । प्रदेश सरकारलाई बाँदरको पुच्छर जस्तो बनाउन खोजिएको विडारीले बताउनुभयो । उहाँले कोरोना रोकथामका लागि प्रदेश सकरारले कुनै काम नगर्ने तर गाडि किन्न तम्सिने गरेकाले बाँदरको पुच्छर जस्तो काम नलाग्ने भएको र विस्तारै हराउँदै जाने खतरा बढेको बताउनुभयो । उहाँले भन्नुभयो ‘तीन तहको सरकार मध्ये एउटा सरकार धेरै सक्रिय भएको देखिएन् । डार्विनको सिद्धान्त अनुसार विकास वादि सिद्धान्त, थेउरी अफ इभोलुसनको सिद्धान्त अनुसार जुन अंगले काम धेरै गर्दैन त्यो अंग विस्तारै लोप भएर जान्छ । यस्तै भयो कि प्रदेश सरकारको । प्रदेश सरकारलाई सक्रिय बनाउन किन सकिएन? यदि सक्रिय बनाउन सकिएन भने मलाई मलाई चिन्ता पर्यो संघीयतामा आँच आउने भयो । 
त्यसैले महँगा गाडि किन्यो रे प्रदेशले महँगा गाडि किन्यो रे सरकारले विभिन्न सुविधा थप्यो रे सरकारले यस्तो प्रकारका समाचारहरु व्यापक रुपमा आइरहेका छन् । यो बेला विलाशिताको सामान किन्ने बेला होइन् । उपचारमा सक्रियता चाहियो । नत्र उपयोगहिन अंग लोप हुन्छ । बाँदरको पुच्छर लौरो न हतियार भनेको टेक्न पनि नहुने कुटन पनि नहुने अनि त्यो पुच्छर विस्तारै लोप भयो भनेजस्तै अहिलेको सरकार मध्ये प्रदेश सरकारलाई त्यस्तै बनाउन खोजिएको हो की कसो हो ? यसको जवाफ चाहियो ।’ हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी