Skip to content
LAXMI SUNRISE BANK

बाँकेमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या २ सय ७० पुग्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बाँके । बाँकेमा आज ३ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा खजुरा गाउँपालिका वडा नम्बर ४ का ३८ र ७ का ३० र १५ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको हो । आज थपिएकासंगै बाँकेमा संक्रमितको संख्या २ सय ७० पुगेको छ ।
यस्तै ५० जना निको भएर घर फर्किँदा १ जनाको मृत्यु भइसकेको छ । आज मात्रै दाङबाट नरैनापुरका ५ जना निको भएर घर फर्केका छन् । भेरी अस्पतालका अनुसार आज गरिएको परिक्षणमा रोल्पाका २ र बर्दियाका १ जनामा पनि संक्रमण देखिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK