×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार बिहानै गण्डकी प्रदेशमा थपिए ३८ जना संक्रमित, सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आइतबार बिहानै गण्डकी प्रदेशमा थपिए ३८ जना संक्रमित, सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो !

Artha Sarokar

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा आइतबार बिहान ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण
तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले आइतबार बिहान ६ बजे जारी
गरेको प्रेस विज्ञप्ति अनुसार गण्डकी प्रदेशका चार जिल्लामा थप ३८ सङ्क्रमित
भएको पुष्टि गरेका हुन् । आज थपिएका संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना
सङ्क्रमितको कुल सङ्ख्या ११३ पुगेको छ । 
कोरोना पुष्टि हुनेमा बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२,
२९, २९ र २६ वर्षीय तथा एक जना उमेर नखुलेका पुरुष र ढोरपाटन नगरपालिकाका २६
वर्षीय एक पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जाको वालिङ
नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय तथा
भिरकोट नगरपालिका ४५ वर्षका पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको छ । 
यस्तै गोरखाको पालुङटार नगरपालिकाका १७ वर्षका पुरुष र गण्डकी नगरपालिकाका २५,
३२, २०, ४३, ३०, २०, २१, २१ र २३ वर्षीय गरी १० जनामा कोरोना पुष्टि भएको हो ।
नवलपरासी बर्दाघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ३५ र ४५
वर्षका चार जनाका कोरोना पुष्टि भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी