×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको मोडल परिवर्तन गरि खुकुलो बनाउन सांसदहरुको सुझाव

LAXMI SUNRISE BANK

लकडाउनको मोडल परिवर्तन गरि खुकुलो बनाउन सांसदहरुको सुझाव

२३ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले तत्काल लकडाउन खुकुलो बनाउन सरकारलाई सुझाव दिएका छन् ।शुक्रबारको बैठकमा सांसदहरुले लकडाउन स्वतःस्फुर्त रुपमा उलंघन हुन थालेको भन्दै लकडाउनको मोडल परिवर्तन गर्न र जोखिम कम भएको क्षेत्रमा खुकुलो बनाउन सुझाव दिएका हुन् । ‘लकडाउनको अवधारणालाई तत्काल चेञ्ज गर्न जरुरी छ । लकडाउनको कारणले आर्थिक जनजीवन र रोजगारसँग जोडिएको क्षेत्र असाध्यै अप्ठ्यारोमा परेको अवस्था छ’ सांसद गोपीबहादुर सार्कीले भने ।
सांसदहरु जितेन्द्रनारायण देव, भगवती न्यौपानेलगायतले पनि निश्चित नियम बनाएर लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने बताए ।सांसद देवले स्वास्थ्य र आर्थिक महामारीको सामना गर्न सबैको राय सुझाव लिन र सबै निकायलाई परिचालन गर्न सरकारलाई आग्रह गरे ।
सांसद भगवती न्यौपानेले लकडाउनको अवधिमा उपचार नपाएर ५८ जना सुत्केरी र गर्भवती महिलाको मृत्यु भएको सुनिएको भन्दै सरकारसँग आधिकारिक जानकारी माग गरिन् । सुत्केरी र गर्भवती महिलाको उपचारका लागि राष्ट्रिय आपतकालीन कोष निर्माण गर्न पनि उनले सुझाव दिइन् । सांसद हरिराम चौधरीले क्वारेन्टिन स्थल व्यवस्थित बनाउन र आइसोलेसन बेडको पर्याप्त व्यवस्था गर्न माग गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी